आईतवार, श्रावण २५,२०८२ 09:12:13
  • आईतवार, श्रावण २५,२०८२ 09:12:13
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तको ईपीएस २.२२ गुणाले बढ्यो, नाफा १२१.९०% ले वृद्धि

Hyundai Nepal
ग्लोबल आइएमई लघुवित्तको ईपीएस २.२२ गुणाले बढ्यो, नाफा १२१.९०% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको प्रतिसेयर आम्दानी २.२२ गुणाले बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको प्रतिसेयर आम्दानी ३८.११ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको ईपीएस १७.१६ रुपैयाँमा सीमित थियो ।  

संस्थाको खुद खुद ब्याज आम्दानी र नाफामा आएको सुधारका कारण ईपीएसमा उछाल देखिएको हो । संस्थाले समीक्षा अवधिसम्म ७५ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०.३१ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ६३ करोड १४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यस्तै संस्थाले २३ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२१.९० प्रतिशत बढी हो । खुद शुल्क तथा कमिशन आम्दानी पनि १९.९५ प्रतिशतले बढ्दै ८ करोड ५२ लाख पुगेको छ ।  

संस्थाको खुद सञ्चालन आम्दानी ७५ करोड १४ लाख र सञ्चालन मुनाफा ३३ करोड ७२ लाख रहेको छ ।  

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ४८ करोड ८ लाख रुपैयाँबाट बढेर ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ । निक्षेप संकलन ३ अर्ब ७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।  

कर्जा प्रवाह पनि ८ अर्ब ५० करोड रुपैयाँबाट बढेर ९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा १७ करोड १९ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.०७ प्रतिशतबाट घटेर ३.६२ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७७.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.६५ गुणा र तरलता अनुपात ४.३७ प्रतिशत कायम छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.