• सोमबार, श्रावण २६,२०८२ 01:59:26
Global IME Bank Limited

खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्तको नाफा १५% ले घट्यो, वितरणयोग्य मुनाफा कति ?

Hyundai Nepal
खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्तको नाफा १५% ले घट्यो, वितरणयोग्य मुनाफा कति ?
Shivam Cement

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेतापनि सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म २५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.८७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । खुद ब्याज आम्दानी ५७.३७ प्रतिशतले बढ्दै १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले ९१ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  

संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने २४ करोड ६५ लाखबाट घटेर २१ करोड ४७ लाखमा सीमित बनेको छ । यस्तै खुद सञ्चालन आम्दानी १ अर्ब ३५ करोड र सञ्चालन मुनाफा ३६ करोड ३९ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा संस्थाको कुल सञ्चालन खर्च बढेको छ । संस्थाले ९९ करोड २९ लाख बढीको सञ्चालन खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३७.७१ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाको सञ्चालन खर्च ७२ करोड १० लाख रुपैयाँमा सीमित थियो ।  

यसैगरी संस्थाको इम्पेयरमेन्ट चार्ज पनि ह्वात्तै बढेको छ । अघिल्लो आवमा ३ करोड ९६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ३० करोड ४७ लाख रुपैयाँ पुगेको छ ।  

चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ३९ लाख रुपैयाँ र लाभांश क्षमता ९.५८ प्रतिशत रहेको छ । यो अवधिसम्म संस्थाको निक्षेप संकलन बढेको छ । अघिल्लो आवसम्म ६ अर्ब १४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने ६ अर्ब ४५ करोड रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।  

संस्थाको कर्जा प्रवाह पनि बढेको छ । संस्थाले २० अर्ब १३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले २० अर्ब १२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो । रिटेन्ड अर्निङ १३ करोड ३९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भ कोषमा १ अर्ब ३५ करोड सञ्चित छ ।    

संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात ११.३२ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात १०.४१ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १८.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०६.७७ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३८.५४ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५५७.८९ रुपैयाँ र तरलता अनुपात ११.०४ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.