काठमाण्डौ । विश्वकै अग्रणी मनि ट्रान्सफर कम्पनी वेष्टर्न युनियनले अमेरिकी कम्पनी इन्टरमेक्सलाई अधिग्रहण गर्ने भएको छ । वेष्टर्न युनियनले इन्टरमेक्सलाई ५ सय मिलियन डलर नगदमा अधिग्रहण गर्न लागेको हो ।
इन्टरमेक्स ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका देशहरुमा आधारित भुक्तानी सेवा प्रदायक अमेरिकी कम्पनी हो । वेष्टर्न युनियनले इन्टरमेक्सको प्रत्येक सेयरबापत १६ डलर तिर्ने जनाएको छ ।
यो सम्झौताले कम्पनीको समायोजित प्रतिसेयर आम्दानी ०.१० डलरभन्दा बढीले वृद्धि हुने वेष्टर्न युनियनले जनाएको छ ।