• मंगलवार, श्रावण २७,२०८२ 10:28:11
Global IME Bank Limited

घोराही सिमेन्टको आम्दानी २३२% ले बढेसँगै घाटा खुम्चियो

Hyundai Nepal
घोराही सिमेन्टको आम्दानी २३२% ले बढेसँगै घाटा खुम्चियो
Shivam Cement

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आम्दानी बढेसँगै घाटा खुम्चिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले १ अर्ब ४४ करोड घाटा व्यहोरेको थियो ।  

यो अवधिमा कम्पनीको आम्दानी बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३० करोड ८५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ८३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च २८ करोड ९० लाख रुपैयाँ, ह्रासकट्टी खर्च ६७ करोड ४३ लाख र वित्त खर्च ८९ करोड २० लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ३२.३२ प्रतिशतले घटेर १ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीले सेयर प्रिमियम शीर्षकमा २ अर्ब ६५ करोड रुपैयाँ राखेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.४६ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १८८.४७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४९६.८२ रुपैयाँ र तरलता अनुपात ०.७५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.