काठमाण्डौ । माई खोला हाइड्रोपावरको खुद नाफा ७६.९७ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको अन्त्यसम्म २६ लाख ७४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो आवमा भने कम्पनीले १५ लाख ११ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीले गत आवमा विद्युत बिक्रीबाट ६ करोड ३१ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको ।
यो आम्दानी भने सामान्य कम हो । अघिल्लो आवमा कम्पनीले बिजुली बेचेर ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको थियो । आम्दानी घटेपनि कम्पनीको वित्त खर्च तथा ह्रासकट्टी दुबै घट्दा नाफामा सुधार देखिएको हो । सो अवधिसम्म कम्पनीको वित्त खर्च २ करोड ५७ लाख रुपैयाँ र ह्रासकट्टी १ करोड ९७ लाख रुपैयाँ कायम भएको छ ।
अघिल्लो आवमा यस्तो अवस्था क्रमशः ३ करोड ४३ लाख रुपैयाँ र २ करोड १ लाख रुपैयाँ रहेको थियो । गत आवको अन्त्यसम्म कम्पनीको चुक्तापूँजी ३९ करोड २१ लाख रुपैयाँ रहेकोमा ७८.७४ प्रतिशत बढेर ३७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस ०.६८ रुपैयाँ, नेटवर्थ १००.९५ रुपैयाँ, पीइ रेसियो १३४३.०४ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.७२ रुपैयाँ रहेको छ ।