IME remit
  • बुधबार, श्रावण २८,२०८२ 10:15:30
IME remit
Global IME Bank Limited

नेपाल भित्रियो डेल्फी–टीभीएस ब्रान्डको ‘सीआर इन्जेक्टर टेस्ट बेन्च’

Hyundai Nepal
नेपाल भित्रियो डेल्फी–टीभीएस ब्रान्डको ‘सीआर इन्जेक्टर टेस्ट बेन्च’
Shivam Cement

काठमाण्डौ । भारतीय कम्पनी लुकास इन्डियन सर्भिस लिमिटेडद्वारा उत्पादित डेल्फी–टीभीएस ब्रान्डको सीआर इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा असरफ डिजेल सर्भिसले सीआर इन्जेक्टर अर्थात कमन रेल इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्राएको हो ।  

कमर्सियल, हेभी र अन्य डिजेल गाडीमा प्रयोग हुने सो उपकरण प्रयोग गरी गाडीको इन्जेक्टरमा भएको समस्या पहिचान र मर्मत गर्न सकिन्छ । यसबाट बीएस फोर र बीएस सिक्स सबै मोडलका गाडीको इन्जेक्टरमा भएको समस्या थाहा पाउन सकिन्छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

लुकास इन्डियन सर्भिस लिमिटेडका सर्भिस हेड बी लक्ष्मणले भने, ‘गाडीको इन्जेक्टरलाई यसमा भएको इलेक्ट्रोनिक कन्ट्रोल युनिट अर्थात ईसीयूले रिड गर्छ र यसमा भएको समस्यालाई कोडिङ गरेर समाधानको लागि आवश्यक जानकारी उपलब्ध गराउँछ ।’

‘कुनै गाडीको इन्जेक्टरमा समस्या आएमा त्यसको पहिचान गरी लाग्ने आवश्यक रकम समेत मेसिनबाटै प्रिन्ट भएर आउँछ,’ असरफ डिजेल सर्भिसका म्यानेजिङ डाइरेक्टर इरफान अहमदले बताए ।  

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराईले यस प्रकारको मेसिन नभएका कारण इन्जेक्टर र यससँग सम्बन्धित समस्या पहिचान गर्न समस्या भएको तथा गाडी मर्मत गर्दा पनि केही समयमै बिग्रिने अवस्था भएकोले नेपाल भरका अटो मेकानिक्सहरुलाई समस्या पहिचानमा कठिनाई भएको अवस्थामा अब यो मेसिनले धेरै सजिलो बनाउने बताए ।  

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अन्य सर्भिस सेन्टर भए पनि बीएस फोर र बीएस सिक्सलाई केन्द्रित गरेर ल्याइएको सो मेसिनबाट आगामी दिनमा धेरै सहज हुने बताए ।  

असरफ डिजेल सर्भिसले डेल्फी–टीभीएसको सर्भिस सेन्टर सञ्चालन गर्नुका साथै स्पेयर पार्ट्सको समेत कारोबार गर्नेछ । कम्पनीले सवारी साधनका लागि आवश्यक विभिन्न स्पेयर पार्ट्स समेत उत्पादन गर्छ ।  

हालै नेपाल सरकारले बीएस सिक्स मोडलका गाडी मात्र नेपाल भित्राउने गरी कानून कार्यान्वयनमा ल्याएको छ । यस सन्दर्भमा डेल्फी–टीभीएसको सीआर इन्जेक्टर पहिलो पटक नेपाल भित्रिएको छ भने यसको सर्भिस सेन्टर र स्पेयर पार्ट्स व्यवसाय समेत सञ्चालनमा आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.