काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आजबाट समाप्त हुने भएको छ । संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि आजबाट समाप्त हुन लागेको हो ।
संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ लाख २५ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १२ हजार ५०० कित्ता गरी कुल १५ लाख ३७ हजार ५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।
संस्थाले २०७९ साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७९ साउन ३० गते बाँडफाँड गरिएको थियो ।
लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहका कर्मचारीहरुले भने अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिदबिक्री गर्न पाउने छैनन् ।