IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 05:00:10
IME remit
Global IME Bank Limited

मैलुङ खोला जलविद्युत कम्पनीको नाफा २८१.५०% ले बढ्यो, इपीएस जम्मा ९३ पैसा

Hyundai Nepal
मैलुङ खोला जलविद्युत कम्पनीको नाफा २८१.५०% ले बढ्यो, इपीएस जम्मा ९३ पैसा
Shivam Cement

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको खुद नाफा २८१.५० प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्म कम्पनीले ३५ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा ९ लाख १९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफामा सुधार देखिएपनि विद्युत बिक्री आम्दानी भने ६.९६ प्रतिशतले घटेको छ । 

अघिल्लो अवामा ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा जम्मा ८ करोड ९२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । तर कम्पनीको खर्च घट्दा नाफा वृद्धिमा टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीको कुल खर्च १ करोड ३ लाख रुपैयाँ रहेकोमा १७.७८ प्रतिशतले घटेर ८४ लाख ७१ हजार रुपैयाँमा कायम भएको छ ।

Shivam Cement
Muktinath Bikas Bank Limited

३७ करोड ६३ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको रिजर्भमा ७ लाख ४७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४१ लाख ८६ हजार रुपैयाँ सञ्चित छ । त्यस्तै कम्पनीको इपीएस ०.९३ रुपैयाँ, नेटवर्थ १०१.३१ रुपैयाँ, पीई रेसियो ५५८.१५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्इ २१४.६१ रुपैयाँ रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.