आईतवार, जेष्ठ ३,२०८३ 04:21:36
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:21:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१४% ले बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, वितरणयोग्य मुनाफामा १७९% को उछाल

Laxmi Sunrise Bank Limited
१४% ले बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, वितरणयोग्य मुनाफामा १७९% को उछाल
Shivam Cement

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसारर बैंकको खुद ब्याज आम्दानी र नाफा बुवै बढेको छ ।बैंकले समीक्षा अवधिसम्म ४ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिका्े तुलनामा १४.७२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ७ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ७४ करोड र सञ्चालन मुनाफा ६ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा १ अर्ब ६७ करोड रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने १ अर्ब ७० करोड आर्जन गरेको छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ७८ करोड रुपैयाँ र रिजर्भमा ११ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।  

बैंकको निक्षेप संकलन २ खर्ब ११ अर्बबाट बढेर २ खर्ब ६३ करोड र कर्जा प्रवाह पनि १ खर्ब ८१ अर्बबाट बढेर २ खर्ब १० अर्ब पुगेको छ । चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा १७९.३८ प्रतिशतले बढ्दै २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको लाभांश क्षमता पनि ५.१३ प्रतिशतबाट बढेर १४.३३ प्रतिशत कायम भएको छ ।  

बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ४.६५ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.५६ प्रतिशत पुगेको छ । यस्तै बैंकको. बेस रेट ६.४९ प्रतिशत र कस्ट अफ फण्ड ५.२१ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२०.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६३४.५६ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३.३२ गुणा,प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ र तरलता अनुपात ३०.३६ प्रतिशत रहेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.