मंगलवार, भाद्र ३,२०८२ 06:00:10
  • मंगलवार, भाद्र ३,२०८२ 06:00:10
Global IME Bank Limited

टाटा सफारीका तीन भेरियन्ट सार्वजनिक, यस्ता छन फिचर्स र बजार मूल्य

Hyundai Nepal
टाटा सफारीका तीन भेरियन्ट सार्वजनिक, यस्ता छन फिचर्स र बजार मूल्य
Shivam Cement

काठमाण्डौ। टाटाको आइकोनिक एसयूभी सफारीको नयाँ जेनेरेशन मोडल आज लन्च भएको छ । भृकुटीमण्डपमा आयोजित नाडा अटो शो मा सिप्रदी ट्रेडिङले यसको आधिकारीक विक्री सुरु गरि सार्वजनिक गरिएको हो ।

टाटाको नयाँ जेनेरेशन सफारी हाइटेक फिचरको कारण अहिले चर्चामा रहेको मोडल हो । टाटाको ओमेगा आर्किटेक्चरमा तयार भएको टाटा सफारी ल्याण्डरोभरबाट प्रेरित रहेको छ । यसमा प्यासेन्जरको सुविधालाई विशेष जोड दिएर बोस मोड लगाइएको छ । बोस मोडले अगाडि बढेको प्यासेन्जरको सिटको कारण पछाडि बसेको प्यासेन्जरलाई घुँडा ठोक्कीने अवस्था आए पछाडिबाटै अगाडिको सिटलाई मिलाउन सकिने छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

टाटाले सफारीमा आईपुग्दा ठूलो पानारोमिक सनरुफ दिएको छ ।यसले नयाँ सफारीलाई किनै आकर्षक देखाएको छ ।

नयाँ सफारीमा आईआरए कनेक्ट कार टेक फिचर दिएको छ । यसमा सेफ्टी फिचर, मनोरञ्जन र डाइनोस्टीक फिचर चलाउन सकिन्छ । आरामदायी सिटको प्रयोगले लामो यात्रा गर्दा पनि यात्रुलाई थकान महशुस हुँदैन ।

नयाँ सफारीको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर यसमा रहेका छन् ।

नयाँ सफारीमा २.० लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

नाडा अटो शोमा टाटा सफारीका तिनवटा भेरियन्ट सार्वजनिक गरिएको छ । जसमा एकम्प्लिस्ड प्लस एमटीको मूल्य रु. १ करोड २१ लाख ९९ हजार, एकम्प्लिस्ड प्लस एटीको मूल्य रु. १ करोड २९ लाख ९९ हजार र एकम्प्लिस्ड प्लस डार्क एटीको मूल्य रु।१ करोड ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.