काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चाडपर्व लक्षित अटो लोनको नयाँ स्किम ल्याएको छ । बैंकले विशेषगरी दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी गाडी किन्नेलाई सहुलियतमा कर्जा प्रदान गर्ने स्किम ल्याएको हो ।
‘दिस फेस्टिबल, ड्राइभ इन्टु ह्याप्पिनेस’ भन्ने श्लोगनसहित बैंकले दशैं तिहार चाडपर्वलाई लक्षित गरी ६.२९ प्रतिशत ब्याजदरमै गाडी किन्नेलाई कर्जा दिने स्किम ल्याएको हो ।
सवारीसाधनमा किन्न चाहाने ग्राहकलाई बैंकले आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा दिनेछ ।