काठमाण्डौ । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ । MT-15 V2 अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टहरू उपलब्ध छ भने FZ-S V3 DLX “ICE FLUO VERMILLION” मा देख्न सकिन्छ।
यो बहुप्रतीक्षित अनावरण भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भएको थियो । उद्घाटन कार्यक्रममा यामाहाको इनोभेसन, पर्फर्मेन्स र स्टाइलप्रतिको निरन्तरको प्रतिबद्धताको संकेत स्वरूप एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिती रहेको थियो।
“MT-15 V2 का ‘ICE STORM’ र ‘Vivid Violet Metallic’ भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने FZ-S V3 DLX को ‘ICE FLUO-VERMILLION’ भेरियन्टले यामाहाको प्रसिद्ध FZ सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ। यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँट्रेन्ड सेट गर्ने विकल्प दिन्छन्।
यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूले यी नयाँ मोडेलहरू प्रत्यक्ष हेर्न पाउनुका साथै यामाहाका सम्पूर्ण मोटरसाइकल र स्कूटरको सिरिज अन्वेषण गर्दैनिम्न लिखित विशेष नाडा अफरहरूको आनन्द लिन सक्छन्:
- छानिएका मोडेलमा रू. ७,००० सम्म छुट
- MotoGP रेस प्रत्यक्ष अनुभव गर्ने मौका
- MT सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम MT राइडिङ ज्याकेट पाइने
यस नयाँ लन्चका बारेमा विष्णु कुमार अग्रवालले भने, “नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरूसम्म पुर्याउने उत्तम प्लेटफर्म हो। MT-15 V2 र FZ-S V3 DLX का यी नयाँ भेरियन्टहरूले हाम्रो शैलीरप्रदर्शनप्रतिको लगाव र यामाहाले सधैं प्रबर्धन गर्ने स्वतन्त्रताको भावना झल्काउँछन्।”
नाडा अटो शो ३ भदौदेखि ८ भदौसम्म सञ्चालन हुनेछ।