काठमाण्डौ । भारतमा मारुती सुजुकीको पहिलो ईभी कार निर्यातका लागि तयार भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज मारुती सुजुनीको ई–भिटारालाई निर्यातका लागि हरियो झण्डा देखाएका हुन् । यो गाडी पूर्ण रुपमा भारतमा बनेको र यसको निर्यात जापान र युरोप लगायत १०० भन्दा बढी देशमा हुने जनाइएको छ ।
यस अवसरमा जापानी कम्पनी सुजुकीका ग्लोबल प्रेसिडेन्ट तोशिहिरो सुजुकीले कम्पनीले आगामी ५–६ वर्षभित्र भारतमा ७० हजार करोड भारु लगानी गर्ने बताए । कम्पनीले उक्त लगानी उत्पादन बढाउन, नया मोडल लञ्च गर्न र भारतीय बजारमा आफ्नो पकड बलियो बनाउनका लागि उपयोग गर्नेछ ।
यसका साथै कम्पनीले आफ्नो हाईब्रिड कारका लागि लिथियम–आयन ब्याट्री सेल उत्पादन समेत सुरु गरेको छ ।