आईतवार, जेष्ठ ३,२०८३ 12:49:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:49:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन्स बैंकको अगुवाईमा ५ बैंकले ४४.५२ मेगावाटको सानिभेरी जलविद्युत परियोजनामा रु. ७.२० अर्ब लगानी गर्ने

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकको अगुवाईमा ५ बैंकले ४४.५२ मेगावाटको सानिभेरी जलविद्युत परियोजनामा रु. ७.२० अर्ब लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमीटेडको अगुवाईमा ५ बैंकले ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत परियोजनामा रु. ७ अर्ब २० करोड ऋण लगानी गर्ने भएका छन् ।  

सिटिजन्सको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले लुम्बीनी प्रदेशको रुकुमपूर्व जिल्लास्थित सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुने सो परियोजनामा ऋण लगानी गर्ने भएका हुन् । भदौ १६ गते सोमबारको दिन एक कार्यक्रमबीच प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा.लि. एवम् लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ ।  

परियोजनाको अनुमानित लागत करिब रु. ९ अर्ब ६० करोडमध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ७ अर्ब २० करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेसनल लिमीटेडबाट रु. २ अर्ब ५० करोड, नबिल बैंकबाट रु. १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट १ अर्ब २० करोड, सिदार्थ बैंक रु. १ अर्ब र सानिमा बैंकबाट रु. १ अर्ब लगानी हुनेछ । बाँकी २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइनेछ ।

Bizshala
New Office
CG Motors

परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बाफिकोटस्थित सबस्टेशनमा जोडिनेछ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९८.७२७ गिगावाट घन्टा र बर्षायाममा १८२.११३ गिगावाट गरी बार्षिक २८१.११३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सहअगुवाई  तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्पmत जलविद्युतलगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको  र बैंकिङ्ग क्षेत्र एवम् स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए ।  

हालसम्म निर्माण सम्पन्न भएका १६६.४०१ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,०३४.६२७ मेगावाट क्षमताका २४ वटा जलविद्युत आयोजनासहित जम्मा १,२०१.०२८ मेगावाट क्षमताका ३५ वटा जलविद्युत आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको सो क्रममा उनले जानकारी दिएका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit

बैंकले जारी गरेको विज्ञप्तिअनुसार बैंकले हाल सम्म १४ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, १४ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंकको रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानीको रुपमा लगानी गरेको छ ।  

प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा.लि.का तर्फबाट अध्यक्ष अंगिस घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा भइसकेकोले आयोजना तत्काल निर्माण शुरु गरी समयमै सम्पन्न हुने दाबी गरे ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.