मंगलवार, भाद्र १७,२०८२ 08:52:26
  • मंगलवार, भाद्र १७,२०८२ 08:52:26
Global IME Bank Limited

मन्जुश्री फाईनान्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण

Hyundai Nepal
मन्जुश्री फाईनान्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण
Shivam Cement

काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय कामनपा–११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । सो केन्द्रीय कार्यालय भवनको समुद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाईनान्सले आगामी दिनमा अझ परिस्कृत र उत्कृष्ट सेवा दिने बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नयाँबानेश्वर स्थित साविकको शाखा कार्यालयलाई यथावत राख्दै हाललाई संस्थाको कर्पोरेट अफिस स्थानान्तरण भएको हो ।

हालसम्म करिब २३.५ अर्ब निक्षेप संकलन गरि करिव १९ अर्ब कर्जा परिचालन गरेको मन्जुश्री फाईनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आईरहेको जनाएको छ । फाईनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई बेंकिङ सेवा उपलब्ध गराउदै आईरहेको छ । संस्थाले हालसम्म १ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा पुर्याउदै आईरहेको छ ।  

 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.