आईतवार, जेष्ठ ३,२०८३ 07:31:51
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:31:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

Global IME र NMB बैंकका कार्डबाहकलाई अब अनलाइन कारोबारमा रियल–टाइम प्रमाणीकरण सुविधा

Laxmi Sunrise Bank Limited
Global IME र NMB बैंकका कार्डबाहकलाई अब अनलाइन कारोबारमा रियल–टाइम प्रमाणीकरण सुविधा
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पाएको स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा नेपालमा पहिलो पटक सफलतापूर्वक सुरु गरेको छ।

विश्वव्यापी 3D Secure प्रोटोकलको महत्त्वपूर्ण अङ्ग मानिने ACS ले कार्डबाहकलाई अनलाइन कारोबार गर्दा थप सजिलो र सुरक्षित प्रमाणीकरण प्रक्रिया उपलब्ध गराउनेछ। यसले ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्ने भएकाले ग्राहकलाई सुरक्षित डिजिटल कारोबारमा प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

Bizshala
New Office
CG Motors

यस सेवामा Global IME Bank पहिलोपटक आबद्ध भएको छ भने NMB Bank ले पनि सेवा उपयोग गर्न सुरु गरिसकेको छ। दुवै बैंकका ग्राहकहरूले अब अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरणमार्फत अझ सुरक्षित र सहज अनुभव पाउनेछन्।

Garima Development Bank
Shivam Cement
IME remit

SCT ले सुरु गरेको ACS सेवा नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनतर्फको नयाँ उपलब्धि मानिएको छ। यसले अनलाइन किनमेल, टिकटिङ तथा अन्य डिजिटल भुक्तानीलाई विश्वासिलो बनाउन मद्दत गर्नेछ। साथै, ग्राहकको डिजिटल च्यानलप्रति विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका सुरक्षा मापदण्डसँग नजिक्याउँदै नगदविहीन अर्थतन्त्रतर्फको यात्रामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.