सोमबार, असार २,२०८२ 06:40:05
  • सोमबार, असार २,२०८२ 06:40:05
Global IME Bank Limited

कर्मचारी खुशी बनाउँदै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, ४८% ले बढ्यो बोनस

Hyundai Nepal
कर्मचारी खुशी बनाउँदै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, ४८% ले बढ्यो बोनस
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो कर्मचारी सुविधाका लागि ३९ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीका लागि बोनस, तलब, भत्ता र विभिन्न सेवाका लागि ३९ करोड १६ लाख रुपैयाँ खर्च गरेको हो ।  

यो रकम अघिल्लो आव २०७८/७९ को तुलनामा ६२.२२ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि २४ करोड १४ लाख रुपैयाँ छुट्याएको थियो ।  

साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स भएपछि कम्पनीले आफ्ना सेयरधनीलाई खुशी बनाउन नसकेपनि आफ्ना कर्मचारीलाई भने मख्ख बनाएको कम्पनीले यस्तो शीर्षकबापत कर्मचारीलाई  ७ करोड ७४ लाख ५८ हजार रुपैयाँ बोनस बाँडेको छ । जुन यो अघिल्लो आवको तुलनामा ४८.०५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई ५ करोड २३ लाख रुपैयाँ बोनस बाँडेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यता कर्मचारी तलब समेत ९५.८० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षमा ६ करोड ९१ लाख रुपैयाँ मात्रै कर्मचारी तलबको लागि छुट्याएको कम्पनीले गत वर्षमा १३ करोड ५३ लाख रुपैयाँ कर्मचारी तलब छुट्याएको छ ।  

त्यस्तै, कम्पनीले भत्ता पनि बढाएको छ । अघिल्लो वर्ष ६ करोड २३ लाख रुपैयाँ भत्ता बाँडेको कम्पनीले गत वर्षमा ८ करोड २६ लाख रुपैयाँ भत्ता वितरण गरेको छ ।  

यसका साथै तालिम, युनिफर्म, मेडिकल खर्च, स्वास्थ्य बीमा, कर्मचारी कल्याणका लागि कम्पनीले २ करोड ५७ लाख रुपैयाँ छुट्याएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.