काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर रहेको तेह्रथुममा आन्दोलनकारीले आगजनी गरेका छन्।
आठराई गाउँपालिकामा अवस्थित ओलीको पुर्ख्यौली घरमा मंगलबार प्रदर्शनकारीले आगो लगाएको स्थानीय स्रोतले जनाएको छ।
सो घर ओलीका बाबुले पहिले नै बिक्री गरेका थिए। तर, पहिलो पटक प्रधानमन्त्री बनेपछि ओलीले उक्त घर जग्गासहित करिब ३० लाख रुपैयाँमा पुनः खरिद गरेका थिए।