मंगलवार, जेष्ठ ५,२०८३ 02:28:30
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:28:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आफ्नो विषयमा भ्रम फैलाइएपछि बोलिन् सुमना, 'म अन्तरिम सरकारको मन्त्री बन्न लागेको होइन'

Laxmi Sunrise Bank Limited
आफ्नो विषयमा भ्रम फैलाइएपछि बोलिन् सुमना, 'म अन्तरिम सरकारको मन्त्री बन्न लागेको होइन'
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफू अन्तरिम मन्त्रिपरिषद्मा सहभागी नहुने स्पष्ट गरेकी छिन्। तर उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सफल बनाउन पृष्ठभूमिबाट सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Bizshala
New Office
CG Motors

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो धारणा ۾ उनले भनेकी छन्, “म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन। मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलियत छैन। पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन।”

श्रेष्ठले अघिल्ला आन्दोलनहरूको अनुभव स्मरण गर्दै आन्दोलनपछि पुराना शक्तिसँग सम्झौता गर्दा त्यसको मर्म नै प्रदूषित हुने चेतावनी दिइन्। “हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ। यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिन। यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु,” उनले भनिन्।

Garima Development Bank
Shivam Cement
IME remit

उनले आफ्नो सन्देशलाई तीन वाक्यमा संक्षेप गरिन्: “सत्ता होइन, सेवा गर्ने! कुर्सी होइन, कर्म गर्ने! नाम होइन, काम गर्ने!”

श्रेष्ठले कार्की नेतृत्वको सरकारले शान्ति, सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनको सार्थकता कायम राख्नुपर्नेमा जोड दिँदै आफू त्यही उद्देश्यका लागि सघाउने प्रतिज्ञा गरेकी छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.