मंगलवार, जेष्ठ ५,२०८३ 12:36:50
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:36:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अन्तरिम सरकारप्रति अमेरिकाको समर्थन : स्थायित्व र लोकतन्त्रमा जोड

Laxmi Sunrise Bank Limited
अन्तरिम सरकारप्रति अमेरिकाको समर्थन : स्थायित्व र लोकतन्त्रमा जोड
Shivam Cement

काठमाण्डौ । नेपालमा नयाँ अन्तरिम सरकार गठन भएपछि अमेरिकाले त्यसलाई स्वागत मात्र गरेको छैन, लोकतान्त्रिक मूल्य र संक्रमणकालीन व्यवस्थापनमा देखिएको नेतृत्वलाई खुलेर प्रशंसा पनि गरेको छ।

Bizshala
New Office
CG Motors

काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेतृत्वप्रति समर्थन प्रकट गर्दै लोकतान्त्रिक समाधानमा दृढता देखाएको भन्दै सराहना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल अहिले संवेदनशील मोडमा छ, तर यो कठिन घडीमा हामी नेपाली जनतासँग सहानुभूतिपूर्वक उभिएका छौँ। नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलले शान्ति र स्थायित्व कायम गर्न देखाएको भूमिकाको हामी उच्च सम्मान गर्छौँ।”

अमेरिकाले यसअघि पनि नेपालमा शान्तिपूर्ण सत्ता हस्तान्तरण, संस्थागत स्थायित्व र विश्वसनीय निर्वाचन प्रक्रियामा जोड दिँदै आएको छ। यसपटकको विज्ञप्तिले पनि त्यसैको निरन्तरता झल्काएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

दूतावासले अन्तरिम सरकारलाई आगामी निर्वाचनतर्फ अघि बढ्न शुभकामना दिंदै स्पष्ट सन्देश दिएको छ – “आगामी महिनाहरूमा हुने निर्वाचनको तयारीमा अमेरिका नेपालसँग सहकार्य गर्न इच्छुक छ। हामी लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन नेपाल सरकार र जनतासँग हातेमालो गर्न तत्पर छौँ।”

अन्तर्राष्ट्रिय समुदाय विशेषगरी अमेरिकाको समर्थनले नेपालको लोकतान्त्रिक यात्रामा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूले यसलाई नेपालले राजनीतिक स्थिरता र नयाँ जनादेशतर्फ अग्रसर हुने सकारात्मक संकेतका रूपमा लिएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.