मंगलवार, जेष्ठ ५,२०८३ 07:29:54
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:29:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट एक महिनामै बाहिरियो रु.१.२४ अर्ब, रिन्यु नभएका पोलिसी १२ लाख बढी

Laxmi Sunrise Bank Limited
सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट एक महिनामै बाहिरियो रु.१.२४ अर्ब, रिन्यु नभएका पोलिसी १२ लाख बढी
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट एक महिनामै बीमा पोलिसी सरेण्डरमार्फत एक अर्ब भन्दा बढी रकम बाहिरिएको छ ।  

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु आवको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुबाट एक अर्ब २४ करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ ।  

यो रकम गता आवको सोही अवधिसम्मको तुलनामा १९.२१ प्रतिशत कम हो । गता आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बाहिरिएको थियो ।  

Bizshala
New Office
CG Motors

सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको साउन महिनामा १० हजार २९२ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको साउन महिनामा भने ७ हजार ६६६ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या २५.५१ प्रतिशतले घटेको छ ।  

त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ७.४३ प्रतिशतले बढेको छ । गत आवको पहिलो महिनामा बीमालेख नविकरण नगरिएको रकम ३४ अर्ब ८१ करोड २० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३७ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  

यता व्यतित बीमालेखको संख्या पनि ४.३२ प्रतिशत बढेर १२ लाख २९ हजार ४४६ वटा पोलिसी रिन्यु भएका छैनन् । गत आवको सोही  अवधिसम्म यस्तो संख्या ११ लाख ७८ हजार ५६२ रहेका थिए ।  

जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ । यस्तो दर बढ्दै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा प्रतिकुल असर पार्ने देखिन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.