• बिहीबार, आश्विन २,२०८२ 03:38:34
Global IME Bank Limited

लाभांश पारितको प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांश पारितको प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको १९ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण,असार मसान्त २०८२ को वासलात, आव २०८१/८२ को नगद प्रवाह विवरण, नाफा र नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।  

आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित गरिनुका साथै ३ जना संस्थापक र ३ जना सर्वसाधारण गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.