सोमबार, जेष्ठ ४,२०८३ 11:19:03
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:19:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन, पूर्वन्यायाधीश कार्की संयोजक

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन, पूर्वन्यायाधीश कार्की संयोजक
Shivam Cement

काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष तथा वरिष्ठ न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो।

Bizshala
New Office
CG Motors

यसअघि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा भएको दमन, क्षति र घटनाबारे छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो। तर नेतृत्व र संरचनाबारे स्पष्टता नआएको अवस्थामा अब कार्कीको संयोजकत्वमा आयोगलाई औपचारिक रूप दिइएको हो।

पदभार सम्हालेसँगै संयोजक कार्कीले सरकारी तथा निजी सम्पत्ति तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएकी छिन्।

Garima Development Bank
Shivam Cement
IME remit

जेनजी आन्दोलनका क्रममा व्यापक जनधनको क्षति भएको छ। सार्वजनिक विवरणअनुसार, दुई दिनको प्रदर्शनमा मात्रै ७४ जनाको ज्यान गएको थियो। साथै, सरकारी भवन, निजी सम्पत्ति र सवारीसाधनमा ठूलो मात्रामा क्षति पुगेको थियो।

सरकारले आयोगलाई आन्दोलनका कारण, घटनाक्रम, दमन र त्यसपछिका गतिविधि समेतबारे अध्ययन गरी स्पष्ट प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। आयोगको निष्कर्षले आन्दोलनका विषयमा राजनीतिक र कानुनी कदम तय गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.