काठमाण्डौ । विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । पदभार सम्हालेसँगै उनले दुईवटा निर्णय गरेका छन् ।
जसमा आर्थिक नियमावली अनुसार ठूलो पूँजीका आयोजना र कामहरुको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनाउने र १० औं तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिने प्रस्ताव गरिएको छ ।
साथै, कार्यकारी निर्देशक सिलवालले उद्योगबाट उठाउन बाँकी रहेको विद्युत बक्यौता रकम उठाउने समेत बताएका छन् । डेडिकेटेड र ट्रंक लाइनको पैसा उठाउनका लागि प्राधिकरणले अध्ययन गर्ने सिलवालले बताए ।