काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज अघिल्लो दिनको तुलनामा १३ सय रुपैयाँले बढ्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि असोज ७ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख २१ हजार ७ सयमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।