• बुधबार, आश्विन ८,२०८२ 05:10:28
Global IME Bank Limited

जेनजी आन्दोलनका कारण युलेन्स स्कुलमा १.२५ अर्बको क्षति

Hyundai Nepal
जेनजी आन्दोलनका कारण युलेन्स स्कुलमा १.२५ अर्बको क्षति
Shivam Cement

काठमाण्डौ । युलेन्स एजुकेसन फाउन्डेसनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्लोदनमा भएको आगजनी तथा तोडफोटबाट १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ । फाउन्डेसनले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाका कारण ठूलो क्षति भएको जनाएको हो ।  

‘‘किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएका छन् । विद्यालय जोकोहीको मुटु काँप्ने गरी खण्डहर बनेको छ,’ विज्ञप्तीमा भनिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवन, बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफाड तथा आगजनी भएको थियो ।  

यस्तै आगजनीमा ८३ वटा बसहरू जलाइनुका साथै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिएको र जलाइएको जनाइएको छ ।  

फाउन्डेसनले विद्यालयमा आरजु राणाको कुनै पनि लगानी नरहेको र उनलाई मानार्थरुपमा अध्यक्ष पद दिइएको जनाएको छ । विद्यालयसँग राणाको संलग्नता रहेको भन्दै आन्दोलनकारीले विद्यालयमा क्षति पुर्याएका थिए ।  

‘पुननिर्माणपछि फेरि पनि अप्रिय घटनाको सामना गर्नु नपर्ने भन्ने सुनिश्चितता नरहेको विज्ञप्तीमा उल्लेख छ । ‘कक्षाकोठाामा हाम्रा बालबालिका र शिक्षक, कर्मचारीको जीवको सुरक्षामा कसरी विश्वस्त हुने ः? सडकमा बालबालिका लिए ? गुड्ने हाम्रा सवारीसाधन निर्वाध र सुरक्षित रूपमा गन्तव्यमा पुग्ने प्रत्याभूति हामीले कसबाट कसरी प्राप्त गर्ने ?’ विज्ञप्तीमा भनिएको छ । 

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.