काठमाण्डौ । लगानीकर्ताको तीव्र प्रतिक्षामा रहेको पूँजीबजार सुधार कार्यदलले आज विभिन्न सुझाव समेटेर अर्थ मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ ।
कार्यदलले मुख्य रुपमा नेप्सेको पुनर्संरचना र आईपीओमा जाने विषयलाई समेटेको अर्थ मन्त्रालयस्थित स्रोतले बतायो ।
स्रोतकाअनुसार कार्यदलको सुझावमा अल्पकाल र दीर्घकालमा गर्नुपर्ने कामलाई छुट्टाइएको छ । तर लगानीकर्ताहरुले २५ करोडको क्याप हटाउनुपर्ने र बैंकलाई अल्पकालिन कारोबार गर्न दिनुपर्ने प्रमुख मागको विषयमा भने तोकेर नै कुनैपनि सुझाव नदिइएको समेत स्रोतले जानकारी दियो ।
विभिन्न संघ तथा संस्थाहरुले दिएका सुझावहरुलाई मूल सुझाव र अनुसूचि गरेरै प्रतिवेदनमा समेटिएको छ । समितिले आज अर्थ मन्त्रालयमा धितोपत्र बोर्डका अध्यक्ष र गभर्नरलाई समेत राखेर सुझाव पेश गरेको थियो ।