• बिहीबार, आश्विन ९,२०८२ 06:24:09
Global IME Bank Limited

सागर डिष्टिलरीको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?

Hyundai Nepal
सागर डिष्टिलरीको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
Shivam Cement

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको आइपीओ आइतबार बाँडफाड हुने सम्भावना देखिएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आजसम्म प्रि–अलटमेन्ट भएमा आइपीओ आइतबार बाँडफाँड हुनेछ ।  

साथै, सकेसम्म दशैं अगावै कम्पनीको आइपीओ बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २२.२५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको आइपीओमा २ अर्ब ६५ करोड एक लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा २२ गुणा बढी आवेदन हो ।  

कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको रु.१०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो ।  

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा १ लाख १९ हजार ६४ जनाले सेयर प्राप्त गर्नेछन् । यसर्थमा २२ लाख भन्दा बढी आवेदकको हात खाली हुने निश्चित देखिएको छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.