काठमाण्डौ । एप्पलले हालै सार्वजनिक आईफोन सेभेन्टिन(आईफोन १७) का विभिन्न सेरिजहरु नेपाल आइपुगेको छ ।
नेपालका लागि आईफोनको आधिकारिक बिक्रेता जेनेक्स्ट कम्युनिकेसन प्रालि(जेनेक्स्ट)ले नेपालमा आईफोनको सिक्सटिन सेरिज आधिकारिक रुपमा बजारमा ल्याइएको एक विज्ञप्तिमार्फत प्रष्ट पारेको हो ।
आईफोन सेभेन्टिन सेरिज अन्तर्गत आईफोन सेभेन्टिन, आईफोन एयर, आईफोन सेभेन्टिन प्रो, आईफोन सेभेन्टिन प्रोम्याक्स नेपाली बजारमा उपलब्ध रहेको बताइएको छ ।
भोलि(सेप्टेम्बर २६)देखि देशैभर उपलब्ध हुने आईफोनका विभिन्न सिरिजहरुको नेपाली मूल्य समेत सार्वजनिक गरिएको छ । जसअनुसार आईफोन सेभेन्टिन ५१२ जीबीको मूल्य १ लाख ९७ हजार ९९९ रुपैयाँ तोकिएको छ भने आईफोन सेभेन्टिन प्रोम्याक्स(२ टीबी)को मूल्य ३ लाख ९७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
आईफोन सेभेन्टिन सिरिजको खरीदमा कम्पनीले दुईपटक स्क्रिन रिप्लेसमेन्ट फ्रि, दुईपटक ब्याकग्लास रिप्लेसमेन्ट फ्री, साथै एकवर्षको एक्सटेन्डेन्ड वारेन्टीको साथमा २० वाटको ओरिजिनल एडाप्टर निःशुल्क दिनेछ ।
कम्पनीले १० दिनका लागि विशेष अफर पनि सार्वजनिक गरेको छ । जसअनुसार १० दिनभित्र खरीद गर्ने ग्राहकका लागि लक्की डमार्फत १७ जनाले एप्पल वाच सिरिज ११ र १०० जनाले एयरपड फोर जित्न सक्नेछन् ।
