काठमाण्डौ । डिजिटल वालेट ई–सेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिङ सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिङ सेवामा सुधार गरेको छ ।
अब प्रयोगकर्ताहरूले क्यूएफएक्स सिनेमाजका चलचित्र टिकटहरू सिधै ई–सेवा एपभित्रबाटै बुक गर्न सक्नेछन् । यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ ।
के हो यो नयाँ सुविधा ?
यो नयाँ प्रविधिले चलचित्रका पारखीहरूलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको छ । अब तपाईंले ई–सेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र शो टाइम छान्नुहोस्, सिट सुरक्षित गर्नुहोस् र तत्कालै भुक्तानी गरेर आफ्नो टिकट प्राप्त गर्न सक्नुहुनेछ ।
कसरी गर्ने टिकट बुक?
१. आफ्नो ई–सेवा एप खोल्नुहोस् ।
२. होमस्क्रिनमा रहेको ‘मुभिज’ आइकनमा ट्याप गर्नुहोस् ।
३. क्यूएफएक्स सिनेमा छान्नुहोस् ।
४. आफूले हेर्न चाहेको चलचित्र, हल र शो टाइम रोज्नुहोस् ।
५. खाली सिटहरूमा ट्याप गरी आफ्नो मनपर्ने सिट छान्नुहोस् ।
६. अब प्रोसिड’ बटन थिचीभुक्तानी गर्नुहोस् ।
भुक्तानी सफल भएपछि तपाईंको टिकट माई टिकट भित्र एपमै प्राप्त हुनेछ ।