सोमबार, जेष्ठ ४,२०८३ 01:25:27
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:25:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यो साता नेप्सेको साप्ताहिक चार्टमा ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

Laxmi Sunrise Bank Limited
यो साता नेप्सेको साप्ताहिक चार्टमा ‘बुलिस इन्गल्फिङ प्याटर्न’,  कस्तो रहला आगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन मात्रै सेयर कारोबार भयो । चार दिनको कारोबारमा बजार २ दिन घट्यो भने २ दिन नै बढ्यो । अघिल्लो साता भने जेनजी आन्दोलनको कारण जम्मा १ दिन मात्रै सेयर कारोबार भएको थियो ।  

अघिल्लो साता २ हजार ५११.९१ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५२ को विन्दुमा बन्द भयो  । यस हिसाबले यो साताको ४ दिन कारोबारमा नेप्सेमा १४०.०९ अंकको सुधार आयो । अघिल्लो साता १ दिनको कारोबारमा बजार १६० अंकले घटेको थियो  । यो साता बजार बढ्दा बजार पूँजीकरणमा पनि बढोत्तरी आयो  । अघिल्लो साता ४१ खर्ब ९९ अर्ब रहेको बजार पूँजीकरण यो साता ४४ खर्ब ३३ अर्ब रह्यो । यस हिसाबले यो साता बजार पूँजीकरण २ खर्ब ३४ अर्बले बढ्यो ।  

प्राविधिक पक्षः  

साप्ताहिक चार्टमा बुलिस इन्गल्फिङ प्याटर्न  

यदि अघिल्लो रातो क्याण्डललाई पछिल्लो हरियो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ प्याटर्न भनिन्छ । यसले सम्भावित बढ्दो बजारलाई संकेत गर्छ । यस्तो प्याटर्न प्राय गरेर सपोर्ट जोनमा बन्ने गर्छ ।  तर यस विपरित यदि अघिल्लो हरियो रातो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई वियरिस इन्गल्फिङ प्यार्टन भनिन्छ । यस्तो प्याटर्न प्रायः प्रतिरोधको विन्दुमा बन्ने गर्छ ।  

Bizshala
New Office
CG Motors

अहिलेको अवस्था कस्तो ?

लामो समय घटेको बजारमा यो साता बुलिस इन्गल्फिङ प्याटर्न बनेको छ । यसले सम्भावित रुपमा बजारले अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ । यस्ता प्याटर्न भ्यालिड र इन्भ्यालिड दुबै हुन सक्छन् । यो प्याटर्न सपोर्ट जोनमा बनेका कारण यो प्याटर्न भ्यालिड हुन सक्ने सम्भावन बढी रहन्छ ।  

मूभिङ एभरेज  

मूभिङ एभरेज भनेको अंकहरुको जोडबाट निकालिने एउटा औषत रेखा हो । यसमा एउट अंक एभरेज निकालिदै जान्छ । यस्तो एभरेज ५,२०,५० र २०० दिने औषत रेखाहरु हुने गर्छन । छोटो समयको बजारको चाल हेर्न छोटो नै समयको मुभिङ एभरेज रेखा हेर्ने गरिन्छ भने लामो समयको बजारको चाल हेर्न लामो समयकै औषत रेखा हेर्ने गरिन्छ । यस्ता रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गरेका हुन्छन् ।  

हालको बजारको अवस्थालाई नियाल्दा २५११ विन्दुबाट फर्केको बजारले अब २०० दिने मुभिङ एभरेजको रेखा २७०४ को विन्दु आसपासमा प्रतिरोध लिन सक्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

केही समय पहिले अपर ब्याण्डबाट खसेको बजार हाल बोलिङ्गर ब्याण्डको आधारमा तल्लो ब्याण्डबाट फर्केको देखिन्छ । म्याक्डीको आधारमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम नेगेटिभ रहेता पनि फिक्का हुँदै गएका छन । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ४२ को तहमा पुगको छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार बिस्तारै सम्हालिने खोजेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३०६५

प्रतिरोध २ – २९९५

प्रतिरोध १–  २८७३

पिभट प्वइन्टः २८०१

घटेमा सपोर्ट

सपोर्ट १– २६७९

सपोर्ट २– २६०८

सपोर्ट  ३ –२४८५

निष्कर्षः अघिल्लो साता १६० अंकले घटेको बजारमा यो साता १४० अंकको सुधार आयो । यो साता बजार बढ्दा कारोबारमा पनि सुधार आयो । साप्ताहिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा यो साता सपोर्ट जोनमा बुलिस इन्गल्फिङ प्यार्टन बनेको छ । यसले सम्भावित रुपमा बजार घट्न रोकिएर सुधार हुँदै गरको भन्न सक्छि ।  

यद्यपी बजार माथि नै लाग्यो भन्नलाई २०० दिने मूभिङ एभरेजको रेखा अर्थात २७०४ को विन्दुबाट बजार कारोबार र भोल्यूम सहित माथि लागेमा थप निश्चित हुनेछ । तर ३ हजार विन्दुबाट खसेको बजारमा करिब २५ सय आसपास आएर पुनःसम्हालिएको भने निश्चित हो । यस हिसाबले प्राविधिक रुपमा विभिन्न औजार मार्फत यो साता बजार सम्हालिन खोजेको देखिन्छ । आगामी साताहरुमा यदि बजारले हायर हाई र हायर लोका सिरिजहरु बनाउँदै माथि लागेको खण्डमा अप ट्रेन्ड लियो भन्न सकिन्छ । जसका लागि यो साता २६५२ को विन्दुमा बन्द भएको बजार आगामी साता २७ सय विन्दुमाथि भने टिक्नु पर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.