मंगलवार, जेष्ठ ५,२०८३ 01:16:10
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:16:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हर्क साम्पाङले गरे दल दर्ता, पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’

Laxmi Sunrise Bank Limited
हर्क साम्पाङले गरे दल दर्ता, पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’
Shivam Cement

काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक यात्राको सुरुवात गरेका छन्। उनले असोज ७ गते निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि औपचारिक निवेदन दिएका छन्।

Bizshala
New Office
CG Motors

आयोग स्रोतका अनुसार निवेदन दर्ता भइसकेको छ र अहिले प्रारम्भिक अध्ययनको चरणमा छ। दसैँ बिदा सकिएपछि मात्र यसबारे औपचारिक प्रक्रिया अघि बढाइने बताइएको छ।

स्रोतका अनुसार साम्पाङले दलको अध्यक्ष आफैं रहने प्रस्तावसहित निवेदन पेश गरेका छन्।

धरानमा खानेपानीको समस्या समाधानका लागि श्रमदानमार्फत संघर्ष गरेका साम्पाङ त्यही मुद्दालाई मुख्य एजेन्डा बनाएर स्वतन्त्र उम्मेदवारको रुपमा मेयर बनेका थिए। मेयर भएपछि पनि उनले श्रमदानमार्फतै खानेपानी व्यवस्थापनमा योगदान दिएका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

साम्पाङ पछिल्लो समय काठमाडौं आएर राष्ट्रिय राजनीतिमा पनि सक्रिय देखिएका थिए। जेनजी आन्दोलनमा समेत संलग्न उनीबारे सहमति जुट्न नसकेपछि नेतृत्व तहमा उनका लागि बाटो खुलेन।

समाजिक सञ्जालमा उनले मन्त्री बन्न विदेशी दूतावास धाउनुपर्ने चलनप्रति असहमति जनाउँदै आफू त्यस्तो अभ्यासका लागि तयार नरहेको स्पष्ट पारेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.