शनिबार, जेष्ठ २,२०८३ 05:30:47
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:30:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोखराका सेयर लगानीकर्ता भन्छन्- '२५ करोडको क्याप हट्यो र सेयर खरीदबिक्रीमा बैंकलाई सहज बनाइयो भने बजार ३६०० माथि पुग्छ !'

Laxmi Sunrise Bank Limited
पोखराका सेयर लगानीकर्ता भन्छन्- '२५ करोडको क्याप हट्यो र सेयर खरीदबिक्रीमा बैंकलाई सहज बनाइयो भने बजार ३६०० माथि पुग्छ !'
Shivam Cement

काठमाण्डौ । दशैंविदा अगाडिको ग्राउण्ड जीरोका लागि हामीले पर्यटकीय नगरी पोखरालाई छनौट गरेका छौं । पर्वको रौनकका कारण हुनसक्छ, पोखराका ब्रोकर हाउसहरुमा लगानीकर्ता खासै देखिएनन् । आइतबार पोखराको न्यूरोडमा रहेको नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४)मा पुग्दा धेरै लगानीकर्ता थिएनन् । केही लगानीकर्ताले फोनबाट नै सेयर किनबेच गरेको सुनिन्थ्यो । यत्तिकैमा एक लगानीकर्ता फोनमार्फत हिमालयन बैंकको सेयर बिक्रीका लागि राख्न अर्डर दिँदै गरेको सुनिन्थ्यो । यस ब्रोकरमा खासै गतिविधि नदेखेपछि हामी नजिकै रहेको नासा सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ५८)को शाखा कार्यालयमा पुग्यौं । 

Bizshala
New Office
CG Motors

यहाँ पनि खासै लगानीकर्ताको उपस्थिति देखिएन । मध्यान्हको १२ बज्दै गर्दा बजार सामान्य तरिकाले तलमाथि गर्दै थियो । कारोबार निकै सुस्त देखिन्थ्यो । यहाँबाट हामी त्रिशक्ति सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४८) मा पुग्यौं । यहाँ भने केही लगानीकर्ता बजार हेरेर बसेका भेटियो । हामीले केही समय मोफसलको बजारको विषयमा ब्रोकर प्रतिनिधिसँग पनि भलाकुसरी गर्ने कोशिश गर्यौं ।  

ब्रोकर प्रतिनिधिले आजको कारोबार बैंक खुलेका कारण औपाचारिक मात्रै भएको प्रतिक्रिया दिए । उनले भनेः 'हेर्नुुस न डेढघण्टा भइसक्यो, कारोबार एक अर्ब पनि भएको छैन । आजको कारोबार भनेको औपचारिक मात्रै हो । आज धेरैजसो लगानीकर्ता त दशैं मनाउन घर–घर पुगिसकेका छन् ।' उनले गत साता पूँजीबजार सुधार कार्यदलले दिएको सुझावको विषय जोड्दै, त्यसको सकारात्मक प्रभाव दशैंपछिको बजारमा देखिने अनुमान समेत लगाए ।  

'सामाजिक सञ्जालहरुमा दशैंपछि पनि आन्दोलन हुने हल्ला सुनिन्छ । कार्यदलले त राम्रै सुझाव दिएको हो ।' उनले पारिपटिको नगरपालिकाको भवन देखाउँदै भनेः 'लौ हेर्नुहोस पोखरामा पनि यस्तो भयो । दशैंपछि पनि के हुने भन्ने संशय नै छ ।' 

उनले कोभिडको समयमा र भूकम्पको बेला बजार बढेको उल्लेख गर्दै अप्ठ्यारो अवस्थामा केही न केही नीतिगत सम्बोधनका कारण लगानीकर्ताको मनोबल उच्च हुने गरेको बताए ।  

उनले दृष्टान्त दिंदै भनेः 'भूकम्पपछि कम्पनीहरुको पूँजी बढाउने काम भयो । जसले गर्दा बजार बढ्यो । गभर्नरले पूँजी बढाउने नीति लिए । त्यहीकारण बजार बढ्यो । कोभिडको समयमा ब्याजदर तल नै थियो । त्योबेला बैंकहरुलाई सेयर किन्ने मौका दिइयो । त्यहीकारण बजार बढ्यो । अहिलेको सुझाव समितिले पनि बैंकहरुलाई सेयर कारोबार गर्न सहज गर्नुपर्ने सुझाएको छ।'

उनको भनाईमा सुधार कार्यदलले सुझाव दिए पनि त्यसको कार्यान्वयनको पाटो समेत मजबुत हुनुपर्छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट सुधार कार्यदलले सुझाएका बैंकसँग सम्बन्धित नीतिगत परिवर्तनको विषयलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । त्यसकारण धेरै लगानीकर्ताको अबको प्रतिक्षा नै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा रहेको उनको भनाई छ  ।

Garima Development Bank
Shivam Cement
IME remit

यसै ब्रोकरहाउसमा भेटिएकी एक महिला लगानीकर्ताले भनिन्-'सबै लगानीकर्ताहरु घर गए, हामी त घर पनि माइत पनि यहीँ भएका कारण पोखरामै छौं ।' 

ती महिला लगानीकर्ताले अब एकपटक इन्स्योरेन्स सेक्टरमा वृद्धि देखिनसक्ने अनुमान गरिन् । उनले भनिन्- '२५ करोडको क्याप हट्ने र बैंकलाई सेयर खरीदबिक्रीमा गरेको कडाईं खुकुलो पारियो भने त बजार बढ्ने नै हो । बजार ३६०० माथि जान्छ !'  

त्यहाँबाट हामी नजिकै रहेको कोहिनूर सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ३५) को शाखा कार्यालयमा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु खासै देखिएनन् । हामीले यहाँ पनि केही समय ब्रोकरका प्रतिनिधिसँग बजारको बिषयमा छलफल गर्यौं । यहाँका प्रतिनिधिले पनि कारोबार घट्नुले लगानीकर्ता फेस्टिभ मूडमा रहेको देखाउने बताए । उनी पनि पूँजीबजार सुधार कार्यदलले दिएका सुझाव शीघ्र कार्यान्वयन गरी बजारमा सकारात्मक माहौल सिर्जना गर्नुपर्ने पक्षमा उभिए । अनुमान गर्दै भने- 'मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा सुधार कार्यदलको सुझाव कार्यान्वयन भए बजार राम्रै चम्कन्छ । तर त्यस्तो माहौल बनेन् भने बजार यसै हुन्छ भन्न सकिन्न । तर बजारमा आन्दोलनको त्रास भने कायमै छ ।'  

त्यहाँबाट हामी प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२)को शाखा कार्यालयमा पुग्यौं । बजारमा कारोबार लगभग अन्त्य हुने अवस्थामा थियो । यहाँ पनि लगानीकर्ताहरु खासै देखिएनन् । ब्रोकरका प्रतिनिधिले केही लगानीकर्ता ब्रोकरहाउस आएका, तर च्याङ्ग्रा किन्ने भन्दै खसीबजारतर्फ लागेका बताए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.