काठमाण्डौ। दशैंपछि खुलेको बजारमा दोस्रो दिन पनि निकै बिक्री दबाब देखिएको छ । खुृलेदेखि नै निरन्तर घट्न थालेको बजारमा आज पनि बिक्री दबाब देखिएको छ । पहिलो प्रहरमा निरन्तर घटेर कारोबार भएको बजार २५६० आसपासमा सम्हालिने प्रयास गरेको थियो ।
तर दोस्रो घण्टामा निरन्तर घट्दा यो समाचार तयार पार्दा सम्म बजार २ घण्टासम्म २.४२ प्रतिशत अर्थात ६३.१५ अंकले घटेको छ। घट्दो बजारमा २ अर्ब ८२ करोड बढीको सेयर कारोबार भएको छ ।
लगानीकर्ताहरु राजनीति उतारचढावकै कारण बजार घटेको बताएका छन् । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताको गिरफ्तारी हुन सक्ने आँकलनले सेयर बजार थप गिरावट आएको लगानीकर्ताहरुले बताएका छन् ।