काठमाण्डौ । मध्य म्यानमारमा एक धार्मिक उत्सव र प्रदर्शनका क्रममा मानिसहरूमाथि प्यारामोटर आक्रमण भएको छ यस हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
पिपुल्स डिफेन्स फोर्सका स्थानीय अधिकारीले सोमबार साँझ चाउङ–यु टाउनशिपमा भएको थाडिङयुत महोत्सवमा करिब १०० जना सहभागी भएको बताए । यो पर्व बुद्ध धर्मसँग जोडिएको छ । अधिकारीका अनुसार सो क्रममा मोटर चालित प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालेका थिए । यस पर्वमा जनजातिको नीतिको विरोधमा मैनबत्ती बालेर प्रदर्शन समेत गरिएको थियो ।
म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि गृहयुद्धको अवस्थामा रहेको छ। यस द्वन्द्वमा हालसम्म ५ हजारभन्दा बढी सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघको अनुमान छ।