सोमबार, जेष्ठ ४,२०८३ 08:00:06
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:00:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुन र सेयर बजार एकैसाथ उकालो: अर्थशास्त्रीहरू अचम्ममा, विश्वस्थितिका लागि ‘रेड फ्ल्याग’

Laxmi Sunrise Bank Limited
सुन र सेयर बजार एकैसाथ उकालो: अर्थशास्त्रीहरू अचम्ममा,  विश्वस्थितिका लागि ‘रेड फ्ल्याग’
Shivam Cement

न्यूयोर्क । सुनको वर्ष अत्यन्तै धमाकेदार हुँदैछ र यस्तो स्थिति प्रायः विश्वस्थितिका लागि ‘रेड फ्ल्याग’ अर्थात् चेतावनी संकेत मानिन्छ।

यस हप्ता सुनको मूल्य प्रतिऔंस ४,००० डलर नाघेको छ, र वाल स्ट्रिटका केही लगानीकर्ताहरूको भनाइमा यो बढ्दो उकालो यात्रा अझै सुरु मात्र भएको हो।

लगानीकर्ताहरूले सुनतर्फ धावा बोल्ने समय प्रायः सुखद हुँदैन; त्यो त तब हुन्छ जब उनीहरूलाई लाग्छ विश्व नै संकटमा छ। आर्थिक अस्थिरता वा मुद्रास्फीति बढ्ने चिन्ताको बेला सुनलाई सधैं ‘सुरक्षित आश्रय’ (safe haven) का रूपमा हेरिँदै आएको छ।

Bizshala
New Office
CG Motors

सुन र सेयर बजार दुवै उकालोमा

२०२५ मा सुनको मूल्यवृद्धि ऐतिहासिक छ, यो वृद्धि ११ सेप्टेम्बरको आतंकवादी आक्रमण, २००८ को वित्तीय संकट वा महामारीपछिका उथलपुथल समयभन्दा पनि माथि पुगेको छ।

FactSet का अनुसार यो वर्ष हालसम्म सुनको मूल्य ५४ प्रतिशतले बढेको छ-१९७९ पछि सबैभन्दा उच्च वृद्धि यही हो। त्यो बेला अमेरिकाले दोहोरो अंकको मुद्रास्फीति र गम्भीर ऊर्जा संकटसँग जुधिरहेको थियो।

तर अहिलेको सुनको असाधारण उछाल विशेष छ-किनभने यो बढोत्तरी सेयर बजारसँगै भइरहेको छ।

कृत्रिम बुद्धिमत्ताको सम्भावनाले मोहित भएका लगानीकर्ताहरू केही ठूला टेक कम्पनीहरूमा अन्धाधुन्ध लगानी गरिरहेका छन्, जसले सम्पूर्ण सेयर बजारलाई माथि धकेलिरहेको छ।

"सेयर बजार र सुन दुई फरक ढोलको तालमा हिँडिरहेका छन्," लगानी कम्पनी कम्बरल्याण्ड एडभाइजर्सका सह-संस्थापक डेभिड कोटोकले भने।

‘विश्वव्यापी मागमा तीव्र वृद्धि’

सुनको बढ्दो मूल्यले अर्थतन्त्रप्रतिको अनिश्चितता र लगातार बढिरहेको मुद्रास्फीति सम्बन्धी चिन्तालाई झल्काउँछ। चार वर्षदेखि अमेरिकाको मुद्रास्फीति फेडरल रिजर्भको २ प्रतिशत लक्ष्यभन्दा माथि अड्किएको छ।

संयुक्त राज्य अमेरिकाले ठूलो दरका आयात-शुल्क (tariffs) लगाएको छ, जुन महामन्दी (Great Depression) पछि सबैभन्दा उच्च स्तरमा पुगेको हो। त्यही बेला जापानका नयाँ प्रधानमन्त्रीले ब्याजदर घटाउने र ऋण बढाउने नीतिको समर्थन गरेका छन्।

यसैबीच, अमेरिकी सरकारको ‘शटडाउन’ का कारण प्रमुख आर्थिक तथ्यांक प्रकाशित हुन नसक्दा लगानीकर्ता र फेड अधिकारीहरू अर्थतन्त्रको अवस्थाबारे अन्धकारमा छन्-जसले सुनको मूल्यलाई अझ ५ प्रतिशतले बढाएको छ।

यस पृष्ठभूमिमा, लगानीकर्ताहरू कुनै एक देशको नियन्त्रणमा नपर्ने सम्पत्तितर्फ आकर्षित भइरहेका छन् -अर्थात् सुनतर्फ।

"वैश्विक सहनशीलता अझै परिक्षणमा परेको छैन," अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाले बुधबार भनेकी थिइन्। "तर चिन्ताजनक संकेतहरू देखिन थालेका छन्-सुनको विश्वव्यापी माग हेर्नुहोस्, त्यो नै प्रमाण हो।"

सुनमा आएको यो उछालको प्रमुख कारणमध्ये एक हो-अमेरिकी डलर दशकौँपछि सबैभन्दा कमजोर अवस्थामा हुनु।

डलरको यस कमजोरीले लगानीकर्ताहरूलाई विश्वका सुरक्षित मुद्राको रूपमा यसको दीर्घकालीन स्थानमाथि प्रश्न गर्न बाध्य बनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

केन्द्रीय बैंकहरू पनि सुनतर्फ

विश्वका धेरै केन्द्रीय बैंकहरू समेत अहिले सुन खरिदमा जुटिरहेका छन्।

यो प्रवृत्ति त्यतिबेला तीव्र भयो जब अमेरिका र उसका सहयोगी देशहरूले युक्रेन आक्रमणको कारण रुसका अमेरिकी सम्पत्ति रोक्का गरे।

त्यस कदमले धेरै देशका अधिकारीहरूलाई “आफ्नो सम्पत्ति कहाँ राख्ने?” भन्ने प्रश्नमा सोच्न बाध्य बनायो।

वाल स्ट्रिटको प्रमुख बैंक गोल्डम्यान स्याक्सले यसै हप्तामा आफ्ना ग्राहकहरूलाई पठाएको पूर्वानुमानमा भनेको छ-“अर्को वर्षको अन्त्यसम्म सुनको मूल्य ४,९०० डलर पुग्ने सम्भावना छ।”

यसको कारणका रूपमा उनले केन्द्रीय बैंकहरू, खुद्रा लगानीकर्ता र फेडको सम्भावित ब्याजदर कटौतीलाई देखाएका छन्।

“सुन डलरभन्दा सुरक्षित बन्दैछ”

अर्बपति हेज फण्ड व्यवस्थापक केन ग्रिफिन(जसले गत चुनावमा डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए)ले यसै हप्तामा भने, “लगानीकर्ताहरूले सुनलाई अमेरिकी डलरभन्दा सुरक्षित विकल्पका रूपमा हेर्न थालेको तथ्य निकै चिन्ताजनक हो।”

“हामीले डलरबाट टाढा सम्पत्तिहरूमा ठूलो मूल्यवृद्धि देखिरहेका छौं, किनभने मानिसहरू अब डलरबाट मुक्त हुने (de-dollarize) उपाय खोज्दैछन्,” ग्रिफिनले ब्लूमबर्गसँग भने।

-सिएनएनबाट भावानुवाद/बिजशाला

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.