काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । आज सुनको मूल्य १.१७ प्रतिशत अर्थात ४६ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार २६ डलरमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्यले पहिलोपटक ४ हजार डलरको आँकडा पार गरेको थियो । विश्वमा व्याप्त राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज १.११ प्रतिशतले बढेर प्रतिऔंस ४८.८९ डलरमा कारोबार भईरहेको छ ।