काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा पोजेटिभ सर्किट लागेको छ । कारोबार खुलको २ मिनेटमै बजार ४ प्रतिशतले बढेसँगै बजारमा पोजेटिभ सर्किट लागेको हो ।
यससँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको छ । उक्त अवधिमा २७ करोड ५६ लाख बढीको सेयर कारोबार भएको छ ।
अब बजार ११.२३ बजे खुल्नेछ । नेपाल राष्ट्र बैंकले सर्कुलरमार्फत सेयरबजारमा लाग्दै आएको सेयर धितोबर्जाको सीमा हटाउनुका साथै बैंकहरुलाई सेयर कारोबारमा सहज व्यवस्था गरेसँगै लगानीकर्ताको मनाबेल उच्च बन्दा आज बजारमा उछाल देखिएको हो ।