शनिबार, जेष्ठ २,२०८३ 11:05:03
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:05:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यकः सीईओ जोशी

Laxmi Sunrise Bank Limited
पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यकः सीईओ जोशी
Shivam Cement

काठमाण्डौ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण  सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनका क्रममा नेपालको पर्यटन क्षेत्रमा पनि क्षति भएको छ । यसका लागि हामीले पर्यटन क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।’

Bizshala
New Office
CG Motors

अहिले निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रलाई पुनर्रुत्थानमा लाग्‍नुपर्नेसमेत सीईओ जोशीले जानकारी गराउनुभएको हो । जेनजी आन्दोलन भएको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको र पछिल्लो समय यो संख्यामा वृद्धि भइरहेकोसमेत उहाँले जानकारी गराए ।

उनले भने, ‘सेप्टेम्बर ८ र ९ पछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सय सम्म पुगेको छ । हामीले नेपाल भ्रमण सुरक्षित रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले काम गरिरहेको  छ ।’

सीईओ जोशीले हाम्रो मुलुकमा विगतदेखि हेर्दा हरेक १० वर्षमा कुनै न कुनै संकटबाट गुज्रिनुपरेको अवस्था उल्लेख गर्दै संकटको समयमा पनि काम गर्ने एक स्थायी संरचना आवश्यक रहेको उल्लेख गरे । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.