सोमबार, जेष्ठ ४,२०८३ 09:54:15
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:54:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

Laxmi Sunrise Bank Limited
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
Shivam Cement

काठमाण्डौ । संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मंगलबार बिहान परेको उक्त रिटबारे जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले हाल अध्ययनको चरणमा रहेको बताए। उनका अनुसार, प्रतिनिधि सभा विघटनविरुद्ध दुईवटा र सरकार असंवैधानिक रहेको दाबीसहित अर्को एक रिट दायर भएको हो।

Bizshala
New Office
CG Motors

“रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइनेछ,” प्रवक्ता कोइरालाले भने।

भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा सर्वोच्च अदालत पूर्णरूपमा जलेपछि अदालतले नयाँ मुद्दा दर्ता गर्न रोकेको थियो। झण्डै ८० प्रतिशत मुद्दाका मिसिल नष्ट भएपछि अदालत तत्काल पुराना मुद्दा अघि बढाउन असमर्थ बनेको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

तर, मंगलबारदेखि सर्वोच्चले नयाँ मुद्दा हेर्ने निर्णय गर्दै काम पुनः सुरु गरेको छ। र, नयाँ मुद्दा हेर्ने पहिलो दिनमै प्रतिनिधि सभा विघटनसम्बन्धी रिट दर्ता भएको हो।

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। सोही रात प्रधानमन्त्री कार्कीकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनको घोषणा गरेका थिए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.