बिहीबार, असार १८,२०८३ 03:10:57
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:10:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल टेलिकमद्वारा तिलिचो बेस क्याम्प र च्छो-रोल्पामा 2G र 4G सेवा सञ्चालन

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमद्वारा तिलिचो बेस क्याम्प र च्छो-रोल्पामा 2G र 4G सेवा सञ्चालन

काठमाण्डौ । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी आज असोज ३१ गतेदेखी 2G तथा 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरुमध्ये करिब ४३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत 2G तथा 4G सेवा सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प-बाइसघुम्ती  हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटल लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुनसमेत सहज हुने भएको छ ।

New Office
CG Motors
Garima Development Bank

उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भैहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।

यसैगरी, दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो-रोल्पा ट्रेकिङ रुटको अन्तिम अनि ठूलो बस्ती नागाउँमा यही आश्विन २८ गतेदेखि V-SAT प्रविधी मार्फत नेपाल टेलिकमको भ्वाइस सेवा सुचारु भएको छ । ४१९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छो-रोल्पा रुटको बेदिङ-ना रुट, नागाउँ, च्छो-रोल्पा, दूध-कुण्ड, यालुङ बेसक्याम्प, टासी-लेप्चा पास बेसक्याम्पसमेतका भागहरुमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा  पर्यटकहरुलाई सञ्चार सम्पर्क र आपतकालीन समयमा उद्दार कार्यहरुका लागि उपयोगी हुनेछ।

पर्यटकिय सिजनका कारण कामदारहरुको अभावका साथै सहयोगीको रुपमा लगिएका व्यक्तिहरु समेत  अस्वस्थ भएका कारण नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरुको अथक मेहेनत पश्चात् उक्त सेवा प्रवाहको कार्य सम्भव भएको टेलिकमले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.