काठमाण्डौ । अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स चर्चित भारतीय सिरियल, ‘क्युकी सास भि कभी बहु थि’मा देखिने भएका छन् । इटी टाइम्सको एक रिपोर्टका अनुसार गेट्सले उक्त सिरियलको एउटा विशेष क्यामिओ गर्ने भएका हुन् ।
उनी शोमा स्मृति इरानीको पात्र तुलसी विरानीसँग एउटा भिडियो कलमा देखिनेछन् । यो कहानी करिब ३ ईपिसोडसम्म चल्नेछ । जसमध्ये दुईवटामा बिल गेट्स देखिनेछन् ।
यो कहानी गर्भवती महिला तथा साना बालबालिकाको स्वास्थ्यको बारेमा जनचेतना फैलाउनेमा आधारित हुनेछ । बिल गेट्सको संस्था ‘बिल एण्ड मेलिना गेट्स फाउण्डेशन’ले यी मुद्दामा काम गर्ने गर्छ । त्यसैले स्मृति इरानीले शो का माध्यमबाट जनचेतना फैलाउने निर्णय गरेको बताइन् ।
यो शो को दोस्रो सिजन २९ जुलाईदेखि स्टार प्लस र जियो हटस्टारमा प्रत्येक दिन राती साढे १० बजेबाट प्रसारण हुनेछ । शो ओरिजिनल सिरिज सुरु भएको २५ वर्षको उपलक्ष्यममा ल्याउन लागिएको हो ।

