काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । भोलि छठ पर्वको सार्वजनिक बिदा परेका कारण सेयर कारोबार हुनेछैन ।
कम्पनीलेले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको आगामी कात्तिक २५ गते सभा आयोजना हुने ३२ औं वार्षिक साधारण सभाबाट पारित गरिन वितरण गरिनेछ ।

