बिहीबार, असार १८,२०८३ 02:18:33
Bizshala
  • बिहीबार, असार १८,२०८३ 02:18:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युवावस्थामै सुरु गर्नुस् बचत गर्ने बानी, बूढेशकालमा सहज बन्नेछ जिन्दगानी

Laxmi Sunrise Bank Limited
युवावस्थामै सुरु गर्नुस् बचत गर्ने बानी, बूढेशकालमा सहज बन्नेछ जिन्दगानी

काठमाण्डौ। जागिरबाट अवकाशपछि जीवन सहज तरिकाले बितोस् भन्ने अभिप्रायः सबैको हुुन्छ। तर वर्तमान समयमा २५ वर्षदेखि ३० वर्षसम्मका अधिकांश युुवामा अवकाश अर्थात् रिटायर्डमेन्ट जीवनप्रति त्यति चासो नदिएको देखिन्छ। उनीहरुको खर्च धेरैजसो लाइफस्टाइलसँग जोडिएका विषयमा हुने गर्दछ।

कम उमेरमा रिटायर्डमेन्ट योजना बनाउनु आवश्यक छैन भन्ने बुझाइ आमनेपाली युवा जमातमा व्याप्त रहेको पाइन्छ। तर औसत आयुुमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको मूल्य वृद्धि र ज्येठ नागरिकका लागि पर्याप्त सामाजिक सुरक्षा योजनाको अभावले गर्दा नेपालमा रिटायर्डमेन्ट योजनाको महत्व अझ धेरै रहेको पाइन्छ।

New Office
CG Motors
Garima Development Bank

यदि युुवावस्थाबाटै रिटायर्डमेन्टका लागि योजना बनाउने हो भने पछि भविष्यमा पैसाको अभाव हुुनबाट बच्न सकिन्छ। कम उमेरमा नै जागिर गर्ने युुवाले सुुरुआतबाटै आफ्नो रिटायर्डमेन्ट योजनाको तयारी गर्नुपर्दछ। रिटायर्डमेन्टका बेला तपाइँको खातामा यथेष्ट रकम जम्मा हुनका लागि निम्न कुरामा ध्यान दिन आवश्यक पर्दछ –  

१. जति चाँडो सुरुआत त्यति नै राम्रो  

रिटायर्डमेन्टपछिको जीवनमा पैसाको अभावले समस्या सिर्जना हुुनुुभन्दा जागिरको थालनीमै रिटायर्डमेन्टका लागि लगानी गर्नुपर्दछ। यसका लागि सुुरुसुरुमा केही कठिनाइ अवश्य होला तर पछि बानी परेपछि सहज हुँदै जान्छ। कम उमेरमा नै रिटायर्डमेन्ट योजनामा लगानी गर्दा कम पैसा नै लगानी गर्दा पनि हुन्छ। कम उमेरमा नै लगानी गर्दा रिटायर्डमेन्टपछि आकर्षक रकम तपाइँको हातमा पर्ने गर्दछ।  

२. बढ्दो महँगीलाई ध्यान दिनुपर्छ

लामो अवधिका लागि गरिने रिटायर्डमेन्ट योजनाका लागि बजारको महँगाइ दरमा हुुने बढोत्तरीलाई नजरअन्दाज गर्नुहुँदैन। नेपालमा मुुद्रास्फीतिमा बढोत्तरी भइरहने गर्दछ। महँगाइले वर्षपिच्छे नयाँ उचाइ लिइरहेको हुन्छ। यस्तोमा यदि तपाइँ ३० वर्षसम्म औसत ४ प्रतिशतको महँगाइ दरलाई आधार मानेर अगाडि बढ्नुहुन्छ भने यो कुुरालाई ध्यान दिन जरुरी छ। यस्तो यस कारण कि यदि अहिले तपाइँको मासिक तलब ३० हजार छ भने ३० वर्षपछि यो राशि बढेर ९७ हजार ३०० सय पुुग्दछ। यसको मतलब ६० वर्षको उमेरपछि तपाइँलाई प्रत्येक महिना ९७ हजार ३ सय रुपैयाँ आवश्यक पर्दछ।

३. इक्विटीमा धेरै लगानीका लागि समयको पर्याप्तता

लामो अवधिका लागि धन जोड्न इक्विटी सबैभन्दा राम्रो विकल्प हुन सक्छ। यस्तोमा तपाइँ जति धेरै पैसा इक्विटी फन्डमा लगानी गर्नुहुन्छ। त्यति नै धेरै रकम रिटायर्डमेन्टको समयमा प्राप्त गर्न सक्नुअुन्छ यसका लागि कम उमेरदेखि नै लगानी गर्नु आवश्यक पर्दछ जसले भविष्यमका राम्रो प्रतिफल दिने गर्दछ।

४. स्वास्थ्य बीमा  

तपाइँको स्वास्थ्यावस्था सधैँ एकनाशको नहुुन सक्दछ। बढ्दो उमेरसँगै विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ। यससँगै विभिन्न जटिल रोगहरुले पनि समात्न सक्छ। यसका लागि पर्याप्त राशिको स्वास्थ्य बीमा गर्नुु आवश्यक पर्दछ। यसका साथै महत्वपूर्ण कुरा भनेको तपाइँले जति कम उमेरमा स्वास्थ्य बीमा खरिद गर्नुहुन्छ तपाइँले त्यति नै कम प्रीमियम तिर्नुपर्ने हुुन्छ। साथै यसले तपाइँका धेरै रोगलाई कभर पनि गर्दछ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.