मंगलवार, जेष्ठ ५,२०८३ 01:52:25
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:52:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, विपक्षीसँग सात दिनभित्र जवाफ माग

Laxmi Sunrise Bank Limited
संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, विपक्षीसँग सात दिनभित्र जवाफ माग
Shivam Cement

काठमाण्डौ । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका रिट निवेदनहरूमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।

Bizshala
New Office
CG Motors

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरी उनको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेपछि सो निर्णय बदर गर्न माग गर्दै १६ वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए। ती रिटमाथि प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा समावेश इजलासमा संयुक्त रूपमा सुनुवाइ गरिएको हो।

इजलासले विपक्षी पक्षहरू: राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अदालतले आदेशमा भनिएको छ,“आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू, र सो आदेश र रिट निवेदनको प्रतिलिपिसाथै प्रत्यार्थीहरूका नाममा सूचना म्याद जारी गर्नू।”

Garima Development Bank
Shivam Cement
IME remit

इजलासले साथै स्पष्ट पारेको छ कि,“निवेदकले अन्तरिम आदेश माग गरेको विषय वस्तु अन्तिम सुनुवाइकै क्रममा विचार गर्नुपर्ने प्रकृतिको भएकाले अहिले तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक ठानिँदैन।”

रिट निवेदनमा दाबी गरिएको थियो कि हालको सरकार संविधानविपरीत गठन भएकाले त्यसले कुनै निर्णय लिन नपाओस् भनी अदालतले तत्काल रोक लगाउने आदेश जारी गर्नुपर्नेछ। तर इजलासले उक्त मागलाई तत्कालका लागि अस्वीकार गरेको हो।

यससँगै अब सर्वोच्चले विपक्षी पक्षबाट आउने लिखित जवाफ र संवैधानिक व्याख्याको आधारमा अन्तिम सुनुवाइका क्रममा प्रतिनिधि सभा विघटनको वैधानिकता निर्धारण गर्नेछ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.