काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध भएको छ । उक्त सडक खण्डको तुइन खोलानजिकै ढुंगा खस्न थालेसँगै दुईतर्फि सवारी आवागमन अवरुद्ध भएको हो।
उक्त क्षेत्रमा शुक्रबार बिहानैदेखि ढुंगा खस्न थालेको छ । निरन्तर ढुंगा खसिरहेकाले पहिरो पन्छाउने काममा अवरोध सिर्जना भईरहेको छ ।
ढुंगा खस्ने क्रम रोकिएपछि पहिरो पन्छाउन सुरु गरिने सडक डिभिजनले जानकारी दिएको छ।

