शनिबार, जेष्ठ २,२०८३ 05:57:56
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:57:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेकपा एसका नेता–कार्यकर्ता लक्षित ओलीको अपिल, ‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्’

Laxmi Sunrise Bank Limited
नेकपा एसका नेता–कार्यकर्ता लक्षित ओलीको अपिल, ‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्’
Shivam Cement

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेबाट अलग भएका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्किन अपिल गरेका छन् । नेकपा (एकीकृत समाजवादी) ले माओवादीसँग एकताको तयारी गरेसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले यस्तो अपिल गरेका हुन् ।  

उनले लेखेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।’

Bizshala
New Office
CG Motors

उनले निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेको बताउँदै अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच बनेको बताए।  

सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ एमाले पार्टीले गरेको समेत उनले लेखेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

‘एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्,’ उनले लेखेका छन्, ‘कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।’

उनले अहिले महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको भन्दै यस्तो बेला मौन रहन नसकिने बताएका छन् ।  

‘राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ,’ उनले लेखेका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.