मंगलवार, जेष्ठ ५,२०८३ 04:42:32
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:42:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अनिल अम्बानीको सम्पत्तिहरु एकपछि अर्को जफत हुँदै, हालसम्म साढे ७ हजार करोड भारुबराबरको कब्जा

Laxmi Sunrise Bank Limited
अनिल अम्बानीको सम्पत्तिहरु एकपछि अर्को जफत हुँदै, हालसम्म साढे ७ हजार करोड भारुबराबरको कब्जा
Shivam Cement

काठमाण्डौ । भारतको प्रवर्तन निर्देशनालय(ईडी) ले अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन्स लिमिटेड (आरकम) सँग सम्बन्धित बैंक ठगी मुद्दामा ठूलो कारबाही गरेको छ। ईडी ले नवी मुम्बईमा रहेको धीरुभाई अम्बानी नलेज सिटी (डीएकेसी) को १३२ एकडभन्दा बढी जमिन कब्जा गरेको छ। यसको मूल्य ४४६२.८१ करोड भारु छ। यो जफतसँगै मुकेश अम्बानीको कुल ७ हजार ५ सय करोड भारुबराबरको सम्पत्ति जफत भएको छ ।  

यो कारबाही प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट (पीएमएलए), २००२ अन्तर्गत गरिएको हो। यसअघि ३ हजार करोड भारुबराबरको सम्पत्ति जफत भएको तथ्यांक सार्वजनिक भएको थियो। अहिले भने उनको सम्पत्तिदोब्बरभन्दा बढीले जफत भएको छ ।  

Bizshala
New Office
CG Motors

यसअघि, ईडीले रिलायन्स कम्युनिकेशन्स लिमिटेड, रिलायन्स कमर्शियल फाइनान्स लिमिटेड र रिलायन्स होम फाइनान्स लिमिटेडसँग सम्बन्धित मामिलामा ३०८३ करोड भारु मूल्य पर्ने ४२ वटा प्रोपटी पनि जफत गरेको थियो।

अनुसन्धान एजेन्सीका अनुसार आरकम र यसका सहयोगी कम्पनीहरूले २०१० देखि २०१२ सम्ममा स्वदेशी तथा विदेशी बैंकबाट ४० हजार १८५ करोड रुपैयाँ ऋण लिएका थिए। तीमध्ये पाँच बैंकले ऋण खातालाई ‘ठगी’ घोषित गरेका थिए। 

ईडी अनुसन्धानले ठूलो मात्रामा कोषको डाइभर्सन खुलासा गरेको छ। ईडीले भनेको छ कि एक बैंकबाट एक कम्पनीले लिएको ऋण अन्य बैंकहरूबाट अन्य कम्पनीहरूले लिएको ऋण फिर्ता गर्न प्रयोग गरिएको र सम्बन्धित पक्षहरूलाई हस्तान्तरण गरिएको र म्युचुअल फन्डमा लगानी भएको जनाएको छ। जुन पूर्णतया ऋण सर्तहरू विरुद्ध थियो।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.