बुधबार, जेष्ठ ६,२०८३ 12:27:22
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:27:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

'यो वर्ष अर्थतन्त्र बेटर हुने संकेत देखियो'

Laxmi Sunrise Bank Limited
'यो वर्ष अर्थतन्त्र बेटर हुने संकेत देखियो'
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीले गत वर्षको तुलनामा भदौमा कर्जाको माग बढ्न थालेको बताएका छन् । 

बिजशालासँग कुरा गर्दै उनले गत वर्षको भदौको तुलनामा यो वर्षको भदौमा दोब्बरले कर्जा प्रवाह भएको बताएका हुन् । 

एनएमबी बैंकको सीइओ समेत रहेका केसीले गत आर्थिक वर्षको भदौमा २० अर्ब रुपैयाँ बराबरको मात्र कर्जा विस्तार हुन सकेको थियो । गत वर्ष यो बेला बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावको सकसबाट गुज्रिरहेका थिए । 

तर, जारी वर्षको भदौ १५ गतेसम्म(१५ दिन) नै गत वर्षको भदौ महिनाभरि प्रवाह भएको २० अर्ब बराबरको कर्जा गएको केसीले जानकारी दिए । 

'यो आँकडाले पनि यस वर्ष हाम्रो इकोनोमी बेटर हुने देखिन्छ ।' उनले भने-'बिस्तारै कर्जाको प्रवाह बढ्न थालेको छ । यसले इकोनोमिक मुभमेन्ट बढ्न थालेको देखिन्छ ।' 

केसीका अनुसार बैंकहरुमा पछिल्लो समय लगानीयोग्य रकम सुविधाजनक अवस्थामा छ । बैंकहरु समेत लगानी बढाएर जाने मनस्थितिमा छन् ।

यहीकारण कर्जाका विभिन्न स्किमहरु पनि एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यसैको परिणाम स्वरुप कर्जा प्रवाह बढ्न थालेको देखिएको हो । 
सरकारले साउनमा सबैखालका जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपछि रियलस्टेट क्षेत्रमा समेत मुभमेन्ट सुरु भएको छ । लगत्तै केन्द्रीय बैंकले व्यक्तिगत घरजग्गा कर्जामा कायम कडा व्यवस्थालाई केही खुुकुलो बनाइदिएको छ । यसले समेत घरजग्गा कर्जाको माग बढाएको बैंकरहरुको भनाई छ । 

केसीकाअनुसार कतिपय हाउजिङ कम्पनीहरुबाट समेत लोनको माग हुन थालेको छ । 'गाडीकर्जामा समेत बिस्तारै माग बढ्न थालेको देखिएको छ ।'-उनले थपे । 

अर्थतन्त्रमा बिस्तारै माग सिर्जना हुन थालेको उल्लेख गर्दै ठूला चाडपर्व समेत सुरु भएकोले अवस्था थप सहज बन्ने आशा गर्न सकिने बताए । ‘भदौ अन्तिमसम्म हेरेपछि थप केही भन्न सकिएला ।’-उनले थपे ।

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X