बिहीबार, असार १८,२०८३ 08:29:11
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:29:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

Laxmi Sunrise Bank Limited
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३०.८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३.३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको बताए ।

New Office
CG Motors
Garima Development Bank

अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ । उनले नेपाल र बंगलादेशबीच सिधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष अग्रवालले थपे, ‘नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन, ।’

उनले (बीबीआईएन) बंगलादेश, भूटान, भारत र नेपालबीचको क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रुपमा उपयोग गर्न सकिने बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अध्यक्ष अग्रवालले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य, व्यापारिक प्रदर्शनी, लगानी सम्मेलन र नीतिगत सहजीकरणमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आग्रह गरे ।

चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत रहमानले नेपालको निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्नका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको राजदूत रहमानले बताए । दुईदेशबीच सांस्कृति तथा शैक्षिक सम्वन्ध नागरिकको तहसम्मै उच्चस्तरीय रहेको रहमानले उल्लेख गरे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.